शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : आज चार खेल हुँदै

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 303
    SHARES
  • कतार विश्वकप : आज चार खेल  हुँदै

    फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत आज शुक्रबार दोस्रो चरणको चार खेलहरु हुँदैछन् ।

    images

    शुक्रबार समूह चरण अन्तर्गत समूह ए र समूह बी का दुई दुई खेलहरु हुनेछन् ।

    आज हुने पहिलो खेलमा समूह बी मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

    images

    वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरी खेलेको थियो भने इरान पराजित भएको थियो ।

    यस्तै दोस्रो खेलमा समूह ए को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा हरा ब्यहोरेको आयोजक कतार र सेनेगल दुबै टोली पहिलो जितको योजनामा रहेका छन् ।

    विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स र इक्वेडर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

    त्यस्तै चौंथो ताथ अन्तिम खेलमा इंग्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह बी मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । अमेरिका पहिलो जित निकाल्न चाहन्छ ।

     
     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२