शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदुरपश्चिमको लगातार दोस्रो जित 

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 240
    SHARES
  • सुदुरपश्चिमको लगातार दोस्रो जित 

    काठमाडौं । काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । 

    images

    मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई १०० रनले पराजित गरेको हो । 

    सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा अलआउट हुदै मात्र ८० रन बनाउन सक्यो । लुम्बिनीका लागि ओपनर आकाश त्रिपाटीले २३ बलमा २२ रन तथा अर्का ओपनर तथा कप्तान देव खनालले १३ रन बनाए । मनोज मगरले ११ रन जोड्दा लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकको आकंडा समेत पार गर्न सकेनन् । 

    images

    लुम्बिनीलाई कम रनमा रोक्न सुदुरपश्चिमका लागि आकाश चन्दले ५ विकेट लिए । हेमन्त धामीको नाममा ३ तथा कैलाश ऐरको नाममा १ विकेट रह्यो ।

    त्यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९।५ ओभरमा अलआउट हुदै १ सय ८० रन बनायो। 

    सुदुरपश्चिमका लागि दिपक बोहोराले ७३ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । गजेन्द्र बोहोराले १९ तथा दीपक बोहोराले १७ रन बनाए । विशाल ऐरले १६ रन जोड्दा हेमन्त धामीले १५ रन जोडे ।

    लुम्बिनीका लागि विशाल बिक्रम केसीले ३ तथा  नर सार्की र निर्मल गुरुङले समान २/२ विकेट लिए । रमेश कुर्मी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिएका थिए ।

    सुदुरपश्चिम लगातार दोस्रो खेलमा जित निकालेर अंक तालिकाको र्शीष स्थानमा उक्लिएको छ । यता, डिफेन्डिङ च्याम्पियन लुम्बिनी आफ्नो पहिलो खेल हारका साथ सुरु गरेको छ । लुम्बिनी छैठौं स्थानमा कायम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट