शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साउदी अरेबिया पोल्यान्डसँग पराजित

एक्सप्रेस पाना
मंसिर १०, २०७९ शनिबार
  • 520
    SHARES
  • साउदी अरेबिया पोल्यान्डसँग पराजित

    काठमाडौं । आफ्नो पहिलो खेलमा अर्जेन्टिनामाथि अप्रत्याशिक नतिजा ल्याएको पोल्यान्ड दोस्रो खेलमा भने पोल्यान्डसँग पराजित भएको छ । 

    images

    शनिबार कतारको एजुकेशन सिटी रंगशालामा भएको खेलमा साउदी पोल्यान्डसँग २-० गोलले पराजित भएको थियो । 

    खेलको ३९औँ मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले दिएको पासमा मिडफिल्डर पिओट्रले गोल गर्दै साउदी अरबविरुद्ध १-० गोलको अग्रता दिलाएका छन् । 

    images

    खेलको ४४औँ मिनेटमा साउदीले पेनाल्टी पायो । योसँगै पोल्यान्डविरुद्ध १-१ गोलको बराबरी बनाउने साउदीलाई राम्रो अवसर मिलेको थियो । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले साउदीलाई पेनाल्टी दिएको थियो । तर सालेम अल्दव्सरीले प्रहार गरेको पेनाल्टी पोल्यान्डका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि साउदीले १-१ गोलको बराबरी बनाउने मौका गुमाएको थियो ।

    यस्तै खेलको ८२औं मिनेटमा पोल्यान्डको लागि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरि जित पक्का गरे । उक्त गोल नै रोबर्ट लेवान्डोस्कीले फिफा विश्वकपमा पहिलो गोल गरेका गरे ।

    उक्त जितसँगै पोल्यान्ड ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित साउदी भने ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२