शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एम्बाप्पे चम्किँदा डेनमार्कमाथि फ्रान्सको जित

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 313
    SHARES
  • एम्बाप्पे चम्किँदा डेनमार्कमाथि फ्रान्सको जित

    फिफा विश्वकप फुटबल २०२२ मा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ ।

    images

    शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    फ्रान्सको जितमा दुवै गोल स्टार फरवार्ड किलीयन एम्बाप्पेले गरे । उनले खेलको ६१औं र ८६औं मिनेटमा गोल गरेका थिए ।

    images

    एम्बाप्पेले जारी यस विश्वकपमा आफ्नो गोल संख्या ३ पुर्याउदै धेरै गोल गर्ने सूचीमा इक्वेडरका इनर भलेन्सियासँग बराबरी गरेका छन् ।

    त्यस्तै डेनमार्कका लागि आन्द्रेज क्रिस्टेनसेनले खेलको ६८औं मिनेटमा गोल गरेका थिए ।

    उक्त जितसँगै फ्रान्सले विश्वकपको नकआउटमा आफ्नो स्थान सुरक्षित गरेको छ । फ्रान्सले लगातर दुई खेल जितेर समुह डी मा ६ अंक हासिल गर्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो ।

    फ्रान्सले अब समुह चरणको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध खेल्ने छ । त्यस्तै डेनमार्कको भने २ खेलमा एक अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२