काठमाडौं । काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।
आइतबार सुदूरले दिएको २१४ रनको लक्ष्य पन्छाएको गण्डकी ३२.५ मा एक सय रनमा अलआउट भयो ।
उसका गोविन्द विकले सर्वाधिक २२ रन बनाए ।
यता सुदूरपश्चिमका लागि मिलन बोहरा एक्लैले ६ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूर ४९.३ ओभरमा २१३ रनमा अलआउट भयो ।
उसका आकाश चन्दले ४०,कप्तान अनुराग सिंहले ३७ रन बनाए । गण्डकीका शुभाष भण्डारीले ३ विकेट हात पारे ।
उक्त जितसंगै सुदूर तीन खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । तीनै खेल हारेको गण्डकी भने पुछारमा छ । यस अघि पहिलो खेलमा कर्णाली र दोस्रोमा लुम्बिनीलाई पराजित गरेको सुदूरले आज तेस्रो खेलमा गण्डकी प्रदेशलाई ११३ रनले स्तब्ध पार्यो ।



