सोमबार, कार्तिक १७ गते २०८३
images
images

 जसपा खारेजको माग गर्दै सर्वोच्चमा रिट  

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 295
    SHARES
  •  जसपा खारेजको माग गर्दै सर्वोच्चमा रिट  

     २७ असार काठमाडौँ । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । निर्वाचन आयोग र जसपालाई विपक्षी राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले आज दायर गरेको रिट निवेदनमा जसपालाई खारेज गर्न माग गरिएको हो ।     
         
     तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)र समाजवादी पार्टी नेपालबीचको एकीकरण संविधान र कानूनी रुपमा अवैधानिक भएको र कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभएको रिट निवेदनमा छ । रिट निवेदनमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै काम कारवाही यथास्थितिमा राख्न र राजनीतिक गतिविधिको सिलसिलामा हुने निर्णय समेत रोक्न आदेशको माग गरिएको छ ।  रासस      

    images