काठमाडौं । फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट हुनबाट जर्मनी जोगिएको छ । आइतबार राति अल बायत मैदानमा १-० हार नजिक रहेको जर्मनीलाई निकलास फुलक्रुगले गोल गर्दै संकट टारेका हुन् ।
पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए ।
उक्त बरारबरीसँगै समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ । अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।



