शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यानडामाथि क्रोसियाको फराकिलो जित

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 339
    SHARES
  • क्यानडामाथि क्रोसियाको फराकिलो जित

    कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्रोसियाले क्यानाडामाथि फराकिलो जित निकालेको छ ।

    images

    आइतबार राति भएको खेलमा क्रोसियाले क्यानाडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    क्रोसियाको जितमा आन्द्रेज क्रामारिकले दुई गोल गरेका थिए । त्यस्तै मार्को लिभाजा र लोभ्रो माजेरले एक एक गोल गरेका थिए ।
    त्यस्तै क्यानाडाका लागि अल्फोन्सो डाभिजले एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै  क्रोसियाको २ खेलमा ४ अंक भएको छ र समुह एफमा शिर्ष स्थानमा उक्लिएको छ ।

    त्यस्तै क्यानाडाले भने दुवै खेलमा हार बेहोर्दै एक खेल नखेल्दै विश्वकपको समुह चरणबाट बाहिरिएको छ । क्यानाडा यस विश्वकपमा आयोजक कतारपछि बाहिरिने दोस्रो टिम बनेको छ ।

    त्यस्तै यस समुहमा मोरक्कोको २ खेलमा ४ अंक छ र दोस्रो स्थानमा रहेको छ भने बेल्जियमको २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२