शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोमाञ्चक खेलमा सर्बिया र क्यामरुनले अंक बाँडे

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 257
    SHARES
  • रोमाञ्चक खेलमा सर्बिया र क्यामरुनले अंक बाँडे

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह जी को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् । 

    images

    सोमबार अल जनौब रंगशालामा भएको खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका हुने । 

    खेलमा क्यामरुनले २९औं मिनेटमा जान चार्ल्स कास्टेलेटोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।  

    images

    यस्तै पहिलो हापको अतिरिक्त समयमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । यस्तै उक्त गोल गरेको २ मिनेट पछि नै सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै सबिैयालाई अग्रता दिलाए । भने ५३ औं मिनेटमा सर्बियाले अग्रता दोब्बर पार्यो । एलेक्जेन्डर मित्रोभिचले गोल गरेका थिए ।

    त्यसपछि लगातार २ गोल गरेको क्यामरुनले पुन: खेल ३-३ गोकको अबस्थामा ल्याउन सफल भयो । 

    उक्त बराबरीसँगै सर्बिया र क्यामरुनले बराबरीका साथ १/१ अंक बाँडेका छन् । क्यामरुन र सबिर्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप २०२२