काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा ब्राजिलले स्वीटजरल्याण्डलाई पराजित गरेको छ ।
समुह जी अन्तर्गत सोमबार राति भएको खेलमा ब्राजिलले स्वीटजरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा खेलको ८३औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितपछि लगातार दोस्रो जित निकाल्दै ब्राजिल जारी विश्वकपको नकआउट चरणमा पुगेको छ । ब्राजिल फ्रान्सपछि नकआउट चरणमा पुग्ने दोस्रो टिम बनेको छ ।
उक्त खेलमा ब्राजिल आफ्ना स्टार खेलाडी नेइमार बिना नै खेलेको थियो । सर्बियाविरुद्धको खेलमा घाइते भएका नेइमार अब क्यामरुनविरुद्धको समुह चरणको अन्तिम खेलमा खेल्न सक्ने बताइएको छ ।
समुह जी मा ब्राजिलको २ खेलमा ६ अंक भएको छ । त्यस्तै स्वीटजरल्याण्डको २ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । यस समुहमा रहेको क्यामरुन र सर्बियाको ३-३ खेलमा १-१ अंक रहेको छ ।
अब समुह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुन र स्वीटजरल्याण्डले सर्बियाविरुद्ध खेल्ने छ ।



