शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : तीन टोली एक खेल अगाबै अन्तिम १६ मा, अर्जेन्टिनाको पहिलो जित, जर्मनी अझै जितविहिन

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 495
    SHARES
  • कतार विश्वकप : तीन टोली एक खेल अगाबै अन्तिम १६ मा, अर्जेन्टिनाको पहिलो जित, जर्मनी अझै जितविहिन

    काठमाडौं । कतार जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेल सम्मपन्न भएको छ ।

    images

    गएराति पोर्चुगल र उरुग्वेबीचको खेल सँगै समूह चरणमा ३२ टोलीले २/२ खेल खेलेका छन् । यस्तै गएरातिको खेलमा पोर्चुगलले उस्ग्वेमाथि २-० गोलको सहज जित निकालेको थियो । उक्त दुबै गोल ब्रुन्नो फर्नान्डिसले गरेका थिए । 

    लगातार दोस्रो खेल जित्ने टोलीहरु :
    फ्रान्स, ब्राजिल र पोर्चुगलले लगातार दोस्रो जितसँग अन्तिम १६ मा स्थान बनाएका छन् । 

    images

    दोस्रो खेल जित्ने टोलीहरु:
    इरान, सेनेगल, अस्ट्रेलिया, पोल्यान्ड, अर्जेन्टिना, क्रोएसिया, कोस्टारिका, मोरक्को र घाना  विजयी भएका छन् ।

    बराबरी खेल्ने टोलीहरु :
    नेदरल्यान्ड्स, इक्वेडर, इंल्यान्ड, अमेरिका, जर्मनी, स्पेन, सर्बिया र क्यामरुन भने बराबरी खेलेर एक एक अंक प्राप्त गरेका छन् ।

    पराजित हुने टोलीहरु :
    वेल्स, कतार, ट्युनिसिया, साउदी अरब, डेनमार्क, मेक्सिको, जापान, बेल्जियम, क्यानडा,  स्वीट्जरल्यान्ड, दक्षिण कोरियाले दोस्रो खेलमा पराजित भए ।

    यस्तै समूहको चरणका १६ खेलमा कुल ४० गोल भएका छन् । यो सँगै कतार विश्वकपमा अहिलेसम्म ३२ खेलमा कुल ८१ गोल भएको छ । जसमा एक गोल पेनाल्टीमा भएको भयो । एक वटा पेनाल्टी मिस भएको छ ।

    यता दोस्रो चरणको खेलमा केहि रोचक बराबरी र अप्रत्यासिलो जितको नतिजा र दाबेदार टोली जर्मनीले जित निकाल्न सकेको छैन् । 

    आफ्नो पहिलो खेलमा जापानसँग १-२ गोलले पराजित भएको जर्मनी स्पेनसँग १-१ गोलको बराबरीमा रोकियो । उक्त बराबरीसँगै जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई हराउँनु पर्ने दबाब बढेको छ । 

    यस्तै समूह सी मा रहेको अर्जेन्टिनाले पहिलो जित निकालेको छ । पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिाले दोस्रो खेलमा मेक्सिकोमाथि २-० गोलको जित निकाल्यो ।

    यता सोहि समूहको खेलमा पोल्याण्डले साउदीमाथि २-० गोल जित निकाल्दै पहिलो जित निकाल्दै तालिकाको शीर्ष स्थनामा उक्लिएको छ । भने अर्जेन्टिना दोस्रो तथा साउदी तेस्रो र मेक्सिको पूछारमा रहेको छ । अब अन्तिम खेलमा साउदीले मेक्सिको र पोल्याण्ड अर्जेन्टिनासँग खेल्नेछ । 

    यस्तै पोर्चुगल, ब्राजिल र फ्रान्सले लगातार दोस्रो जित निकाल्दै एक खेल अगाबै अन्तिम १६ मा स्थान पक्का गरेका छन् । पोर्चुगलले समूह एफको अन्तिम खेलमा दक्षिको कोरिया, ब्राजिलले क्यारुन तथा फ्रान्सले टुय्युनिसिया खेल्नेछ ।

    दोस्रो चरणको खेलको नतिजा :

    समूह ‘ए’ को नतिजा
    कतार भर्सेस सेनेगल (१-३)
    नेदर्ल्याण्ड्स भर्सेस इक्योडर (१-१)

    समूह 'बी' को नतिजा
    वेल्स भर्सेस इरान (०-२)
    इंग्ल्याण्ड भर्सेस अमेरिका (०-०)

    समूह 'सी' को नतिजा
    पोल्याण्ड भर्सेस साउदी अरेबिया (२-०)
    अर्जेन्टिना भर्सेस मेक्सिको (२-०)

    समूह 'डी' को नतिजा 
    टुय्युनिसिया भर्सेस अष्ट्र्रेलिया (०-१)
    फ्रान्स भर्सेस डेनर्माक (२-१)

    समूह 'ई' को नतिजा 
    जापान भर्सेस कोस्टारिका (०-१)
    स्पेन भर्सेस जर्मनी (१-१)

    समूह 'एफ' को नतिजा 
    क्रोएसिया भर्सेस क्यानडा (४-१)
    बेल्जियम भर्सेस मोरक्को (०-२)

    समूह 'जी' को नतिजा 
    सर्बिया भर्सेस क्यमरुन (३-३)
    ब्राजिल भर्सेस स्वीट्जरल्यान्ड (१-०)

    समूह एच’ को नतिजा 
    दक्षिण कोरिया भर्सेस गाना (२-३)
    पोर्चुगल भर्सेस उरुग्वे (२-०)

    पहिलो खेलको नतिजा :

    समूह ‘ए’ को नतिजा
    कतारविरुद्ध इक्वेडर (०-२)
    सेनेगलविरुद्ध नेदरल्यान्ड्स (०-२)

    समूह ‘बी’ को नतिजा
    इंग्ल्यान्डविरुद्ध इरान (६-२)
    अमेरिकाविरुद्ध वेल्स (१-१)

    समूह ‘सी’ को नतिजा
    अर्जेन्टिनाविरुद्ध साउदी अरब (१-२)
    पोल्याण्डविरुद्ध मेक्सीको (०-०)

    समूह ‘डी’ को नतिजा
    डेनर्माकविरुद्ध ट्युनिसिया (०-०)
    फ्रान्सविरुद्ध अष्ट्रेलिया (४-१)

    समूह ‘ई’ को नतिजा
    जर्मनीविरुद्ध जापान (१-२)
    स्पेनविरुद्ध कोस्टारिका (७-०)

    समूह ‘एफ’ को नतिजा
    बेल्जियमविरुद्ध क्यानडा (१-०)
    क्रोएसियाविरुद्ध मोरक्को (०-०)

    समूह ‘जी’ को नतिजा
    स्वीट्जरल्यान्डविरुद्ध क्यानडा (१-०)
    ब्राजिलविरुद्ध सर्बिया (२-०)

    समूह ‘एच’ को नतिजा
    उरुग्बेविरुद्ध दक्षिण कोरिया (०-०)
    पोर्चूगलविरुद्ध घाना (३-२)

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२