शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : आजदेखि समुह चरणका अन्तिम खेल हुँदै

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 313
    SHARES
  • कतार विश्वकप : आजदेखि समुह चरणका अन्तिम खेल हुँदै

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखि समुह चरणका अन्तिम खेलहरु सुरु हुने भएका छन् ।

    images

    आज दुई समुहबाट नकआउट चरणमा पुग्ने चार टिमको टुंगो लाग्ने छ ।

    आज हुने पहिलो दुई खेल राति ८:४५ बजे एकै समयमा हुने छन् । आज समुह ए बाट इक्वेडरले सेनेगलको सामना गर्ने छ भने नेदरल्याण्डसले आयोजक कतारको सामना गर्दै छ ।

    images

    समुह ए मा नेदरल्याण्डस इक्वेडरको २/२ खेलमा ४/४ अंक छ र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

    त्यस्तै सेनेगलको २ खेलमा ३ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

    यस समुहबाट कतारले यस अघि नै दुवै खेलमा हार बेहोरेर विश्वकपबाट बाहिरिएको छ । त्यसैले यस समुहबाट नक आउटचरणको दौडमा यस समुहबाट तीन टिम रहेका छन् ।

    त्यस्तै आज राति १२:४५ मा समुह बि का दुवै खेल हुने छन् । जसमा अमेरिका र इरान तथा ईङल्याण्ड र वेल्सबीच खेल हुने छन् । यस समुहबाट चारै टिम नकआउट चरणको दौडमा रहेका छन् । ईङल्याण्डको २ खेलमा ४ अंक छ भने इरानको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै अमेरिकाको २ खेलमा २ अंक छ भने वेल्सको २ खेलमा १ अंक रहेको छ ।

    अब नकआउटचरणका लागि ईङल्याण्डका लागि कम्तिमा बराबरी पनि पर्याप्त हुने छ भने अन्य तीन टिमका लागि जित आवश्यक रहेको छ । तर वेल्स ईङल्याण्डसँग पराजित भएमा भने इरानले अमेरिकासँग बराबरी खेलेमा पनि नक आउट चरणमा पुग्ने छ । त्यस्तै अमेरिका र वेल्सका लागि नकआउटचरणका लागि पहिला जित अनिवार्य रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२