शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : समुह ए बाट नेदरल्याण्डस र सेनेगल नकआउट चरणमा

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 390
    SHARES
  • कतार विश्वकप : समुह ए बाट नेदरल्याण्डस र सेनेगल नकआउट चरणमा

    काठमाडौँ । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समुह ए बाट नेदरल्याण्ड र सेनेगल नकआउट चरणमा पुगेका छन् ।

    images

    मंगलबार राति समुह चरणको अन्तिम खेलमा नेदरल्याण्डसले आयोजक कतारलाई २-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    त्यस्तै यता सेनेगलले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ ।

    images

    समुह ए बाट नेदरल्याण्डसको ३ खेलमा ७ अंक भएको छ र समुह विजेता हुदै नकआउट चरणमा पुगेको छ । त्यस्तै सेनेगलको ३ खेलमा ६ अंक भएको छ र समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

    त्यस्तै समुह ए बाट कतार यसअघि नै बाहिरिएको थियो भने अब इक्वेडर पनि विश्वकपको समुह चरणबाट बाहिरिएको छ । इक्वेडर ३ खेलमा ४ अंकसहित समुहमा तेस्रो भयो भने आयोजक कतारले समुह चरणका तिनै खेलमा हार बेहोरेको छ ।

    योसँगै फ्रान्स र पोर्चुगलपछि नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा पुगेका छन् ।
     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२