काठमाडौं । काठमाडौं जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपशिच्म प्रदेशलाई १२३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएपछि सुदूरले १२३ रनको लक्ष्य पाएको हो ।
मधेसका लागि अली अन्सारीले सर्वाधिक ३२ रन बनाए । यस्तै इमरान शेख २८ रन, मायान यादव २३ रन, डब्लु मलिकले ११ रन, राजेश यादव र अभिजित मण्डल समान ६६ रन बनाए ।
यता सुदूरको लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए । यस्तै हेमन्त धामी ३ युवराज खत्रिले २ विकेट लिए ।



