शुक्रबार, भाद्र २६ गते २०८३
images

बेलायतले तालिबान सरकारलाई मान्यता नदिने

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 293
    SHARES
  • बेलायतले तालिबान सरकारलाई मान्यता नदिने

    भदौ १८ एजेन्सी । बेलायतले तालिबान सरकारलाई मान्यता नदिने  घोषणा गरेको छ । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि बेलायती विदेशमन्त्री डोमीनिक राबले अफगानिस्तानको तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् ।

    images

    बेलायतकोे चासो अफगानिस्तानमा फसेका आफ्ना मानिसको उद्धार भएको भन्दै उनले उद्धारका लागि छिट्टै काबुल विमानस्थल खुला हुने संभावना रहेको समेत बताएका छन् । तालिवानले पश्चिमा देशहरुसँग सम्बन्ध राम्रो राख्ने हो भने तत्काल अफगानिस्तानमा फसेका नागरिकहरुलाई त्यहाँबाट बाहिर जान दिनुपर्ने अडान बेलायतले राखेको छ ।