शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दिपकको अर्धशतकमा मधेसमाथि सुदूरको जित

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 232
    SHARES
  • दिपकको अर्धशतकमा मधेसमाथि सुदूरको जित

    काठमाडौं । काठमाडौं जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशमाथि सुदूरपश्चिम प्रदेशले सहज जित निकालेको छ । 

    images

    बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरले मधेसलाई ७ विकेटले हराएको हो । मधेसले दिएको १२३ रनको लक्ष्य सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

    सुदूरको जितमा दिपक बोहोराले अर्धशतक पूरा गरे । उनले रन ५८ बलमा ५३ बनाए । यस्तै अर्को दिपक बोहोराले २४ बलमा २४ रन बनाएर आउट भए भने सुनिल चन्द्र ११ र गजेन्द्र बोहोराले १० बलमा २३ रनको आक्रमक पारी खेले । 

    images

    यता मधेसको लागि अविशेक तिवारिले २ तथा श्याम रोयले एक विकेट लिए । 

    त्यअघि पहिले ब्याटिंग गरेको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएपछि सुदूरले १२३ रनको लक्ष्य पाएको हो । 

    मधेसका लागि अली अन्सारीले सर्वाधिक ३२ रन बनाए । यस्तै इमरान शेख २८ रन, मायान यादव २३ रन, डब्लु मलिकले ११ रन, राजेश यादव र अभिजित मण्डल समान ६६ रन बनाए । 

    यता सुदूरको लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए । यस्तै हेमन्त धामी ३ युवराज खत्रिले २ विकेट लिए । 

    उक्त जितसँगै सुदूरले लगातार पाँचौ जितसहित १० अंक बनाएको छ र ऊ शीर्ष स्थानमा रहेको छ । यो हारसँगै मधेसले चौथो हार ब्यहोरेको छ । यो हारसँगै मधेस प्रतियोगिताबाट बाहिरिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट