काठमाडौं । जारी यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार चौथो जित निकालेको छ ।
बिहिवार त्रिवि मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको हो ।
प्रदेश-१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनी प्रदेशले १६ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीका लागि देब खनालले सर्वाधिक १९ रन बनाए । यस्तै आकाश तिवारिले १७ र प्रज्वल थापाले १५ रनको योग्दान गरे भने सुनिल भण्डारी ६ र विशाल भुसाल ८ रनमा अविजित रहे ।
यता प्रदेश-१ का लागि दिपेश कडेलले ३ विकेट लिए भने विपिन महतोले एक विकेट हात पारे ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको प्रदेश-१ ले २६.२ ओभरमा सबै विकेट गुमाएर जम्मा ६९ रन मात्रै बनाउन सक्यो ।
प्रदेश-१ को लागि सुवन गहतराजले सर्वाधिक २२ रन बनाए भने इस्टेन रिजाल १९ रन बनाए भने अन्य ब्याटरले खुलेर ब्याटिङ गर्ने सकेनन् ।
प्रदेश-१ लाई कम स्कोरमा रोक्न लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ५ विकेट लिए भने दुर्गश गुप्ता २, अभिषेक गुरुङ १ र तुल बहादुर थापाले १ विकेट लिए ।
उक्त हारसँगै प्रदेश-१ प्रतियोगिताबाट बाहिरिएको छ । उसको ५ खेलबाट ४ अंक रहेको छ । यस्तै जितसँगै लुम्बिनीले चौथो जित निकालेको छ । उसको ५ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।



