काठमाडौं । जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।
बिहिबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई १०९ रनले हराएको हो ।
गण्डकीले जितका लागि दिएको २०३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुदै १२५ रनमा समेटियो ।
कर्णालीका लागि सुवास ऐरले ३२ रन जोड्दा कप्तान विपीन रावलले १९ रन जोडे । मनिश थापाले १८ रन जोड्दाँ युनिस सिंहले १२ बनाए । गण्डकीले १८ रन अतिरिक्तमा दिएको थियो ।
गण्डकीको जितमा कप्तान सुवास भण्डारीले सर्वाधिक ६ विकेट लिए । सिब्रिन श्रेष्ठले ३ तथा निर्तिश गिरीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो।
गण्डकीका लागि गोविन्द विक र अर्जुन कुमालले अर्धशतक बनाए । विकले ५५ तथा कुमालले ५० रनको गोगदान गरे । दिपक डुम्रेले २७ बलमा ४४ रन बनाए ।
सिब्रिन श्रेष्ठले २६ रन तथा कप्तान सुवास भण्डारी २१ रनमा अविजित रहे । कर्णालीले २२ रन अतिरिक्तका रुपमा दिएको थियो ।
कर्णालीका लागि आवास शाहले ३ तथा मोहन विकले २ विकेट लिए । विनित खत्रीले १ विकेट लिए ।
५ खेलमा २ अंक सहित गण्डकीले आजको खेलमा पहिलो अंक जोडेको छ । २ अंक सहित गण्डकी पाँचौं स्थानमा उक्लिएको छ ।
कर्णाली ५ खेलमा १ जित तथा ४ हारका साथ २ अंक सहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ ।
प्रतियोगितामा प्रदेश(१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।



