शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : जापान र स्पेन समुह अन्तिम १६ मा, जर्मनी बाहिरियो

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 309
    SHARES
  • कतार विश्वकप : जापान र स्पेन समुह अन्तिम १६ मा, जर्मनी बाहिरियो

    काठमाडौँ । फिफा विश्वकप फुटबलको समुह ई बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

    images

    बिहिबार राति भएको खेलमा जापानले स्पेनलाई २-१ गोल अन्तरले पराजति गर्दै समुहमा पहिलो हुदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    जापानको जितमा रिटसु दोआन र आओ तानाकाले एक एक गोल गरेका थिए भने स्पेनका लागि अल्भारो मोराटाले एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै जापानको ३ खेलमा ६ अंक रहेको छ र समुहमा पहिलो हुदै राउण्ड १६ मा पुगेको छ ।

    त्यस्तै पराजित भएको स्पेनपनि यस समुहबाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । स्पेनको ३ खेलमा ४ अंक रहेको छ ।
    त्यस्तै यस समुहबाट जर्मनी र कोस्टा रिका भने बाहिरिएका छन् ।

    समूहको अन्तिम खेलमा जर्मनीले कोस्टा रिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जापानले स्पेनलाई पराजित गरेपनि उसको विश्वकपको यात्रा टुंगिएको थियो ।

    जर्मनी लगातर दुई विश्वकपमा समुह चरणबाट बाहिरिएको छ । २०१४ मा विश्वकप जितेको जर्मनी २०१८ को विश्वकपमा पनि समुह चरणबाटै बाहिरिएको थियो । 

    अब अन्तिम १६ मा जापानले क्रोसियाको सामना गर्ने भएको छ भने स्पेनले मोरक्कोको सामना गर्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२