काठमाडौं । नामेवियामा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज घरेलुटोलीसँग खेल्दै छ ।
नेपाल र नामेवियाबीचको यो खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरुहुने छ ।
त्रिकोणात्मक सिरिजमा नेपाल, नामेविया र स्कटल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ भने नामेवियाले २७ खेलमा २७ अंकका साथ आफूलाई चौथो स्थानमा राखेको छ ।



