शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : आज चार खेल हुँदै

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 295
    SHARES
  • कतार विश्वकप : आज चार खेल हुँदै

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । जसमा ८ टोली प्रतिस्पर्धामा रहेका छन् । 

    images

    आज समूह जी र एचको २/२ खेल हुँदै छ । जसमा २ खेल राति ८:४५ बजे हुनेछ भने २ खेल राति १२:४५ बजेबाट सुरु हुनेछ । 

    आज राति ८:४५ बजेबाट सुरु हुने पहिलो खेलमा पोर्चुगलले एसियाली राष्ट्र दक्षिण कोरियाको सामना गर्नेछ । यसअघि नै २ खेल जितेको पोर्चुगल अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने यता कोरिया अन्तिम १६ मा आफ्नो स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । भने उक्त जितले मात्रै नभई घाना र उरुग्वेको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ । 

    images

    यस्तै सोहि समयमा समूह एच कै घाना र उरुग्वे खेल्नेछन् । २ खेलमा एक जित र एक हार ब्यहोरेको घाना आजको खेलमा उरुग्वेलाई हाउँदै अन्तिम १६ मा स्थानमा बनाउँन चाहन्छ । यस्तै यता उरुग्वे पनि घानामाथि जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ । २ खेलबाट एक अंक रहेको उरुग्बे पूछारमा रहेको छ भने समना अंक रहेको कोरिया तेस्रो स्थानमा रहेको छ । 

    यस्तै राति १२:४५ बजे हुने दुई खेलमा समूह जी मा रहेको ब्राजिलले क्यामरुनको समना गर्नेछ । यसअघि नै अन्तिम १६ मा पुगेको ब्राजिल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता बन्ने दाउमा रहेको छ । यता क्यारुन पनि आजको खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने योजनमा रहेको छ ।

    यस्तै सोहि समूहको अर्के खेलमा सर्बिया र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा जित निकाल्ने टोली अन्तिम १६ मा स्थान बनाउने स्विट्जरल्यान्डलाई बराबरी नतिजाले पनि अन्तिम १६ मा स्थान बनाउने छ भने यता सर्बियाको लागि जित्ले मात्रै पनि ब्राजिल क्यामरुनको नतिजामा निर्भर हुने पर्नेछ । 

    यो समूहमा ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा स्विट्जरल्यान्ड ३ अंकसहित दोस्रो तथा समान ११ अंक रहेको क्यामरुन र सर्बिया क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् र 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२