काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नामिबियाका कप्तान गेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए पछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ । यस्तै आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ ।
नेपालको सुरुवाती -११ :
रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।



