शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१९ राष्ट्रिय क्रिकेट : सुदूपश्चिमले निकाल्यो लगातार छैटौं जित

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 216
    SHARES
  • यू-१९ राष्ट्रिय क्रिकेट : सुदूपश्चिमले निकाल्यो लगातार छैटौं जित

    काठमाडौं । राजधानीको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ ।

    images

    मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १२५ रनको लक्ष्य सुदूरले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

    सुदूरका लागि कप्तान अनुरा सिंकले अविजित ३९ रन बनाए । यस्तै मिलन बोहोरा ३३ रन, दिपक बोहोरा १७ र अर्को दिपक बोहोराले १० रन बनाए । 

    images

    यता बागमतीका लागि रोहन बिक २ र कज्तान प्रतिक श्रेष्ठले एक विकेट लिए । 

    त्यअघि पहिला ब्याटिङ थाले बागमती सुदूरको घातक बलिङ सामू बागमतीले २८।४ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो । 

    बागमतीको लागि प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रन बनाए । यस्तै रोशन बिक ३६ र सक्षम बस्ताकोटी ३३ रन बनाए भने अन्य ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन् । 

    यता सुदूरका लागि आकाश चन्दले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । यस्तै हेमन्त धामी ३, नरेन साउद २ र युवराज खत्रीले एक विकेट लिए । 

    उक्त जितसँगै सबै ११ खेल जितको सुदूर १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ऊ फाइनलमा प्रवेश गरेको छ । यता पराजित बागमती ४ मा जित र २ खेलमा हारका साथ ८ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा झरेको छ । 

    प्रतियोगितामा प्रदेश(१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट