काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह समूह ‘एच’ को अन्तिम खेलमा पोर्चुगल र दक्षिण कोरियाले पहिलो हाफ १-पोर्चुगल र कोरियाको खेल बराबरी १ गोलको बराबरी खेलेका छन् ।
खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टा गोल गरि पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै खेलको २७औं मिनेटमा कोरियाको लागि किम योङ वोनले गोल गरि खेल १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको ४१औं मिनेटमा पोर्चुगलले अग्रता दिने सुनौलो अवसर पाएको जसमा कप्तान रोनाल्डोले प्रहार गरेको हेडिङ बलले पोस्टको दिसा लिन सकेनन् । खेलमा पोर्चूगलले कोरियामाथि सुरुवात देखि नै आक्रमक गरे पनि थप गोल भने गर्न सकेनन ।
एक खेलअघि नै विश्वकपको नकआउट चरणमा पुगिसकेको पोर्चुगल दक्षिण कोरियालाई पराजित गर्दै समूह विजेता बन्ने योजनामा रहेको छ । यता, दक्षिण कोरिया पनि पोर्चुगललाई पराजित गर्दै समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा पुग्ने चाहान्छ छ ।



