काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह जी को अन्तिम खेलमा क्यामरुनसँग हरे पनि ब्राजिल समूह विजेता बन्दैको अन्तिम १६ प्रवेश गरेको छ ।
शुक्रबार राति लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० ले पराजित हुँदै समूह विजेता बनेको हो ।
क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । गोलको सेलिब्रेसन मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए ।
उक्त हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्दै ब्शीर्ष स्थान रहँदै अन्तिम १६ मा स्थान बनाएको हो । यता विजयी क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ । तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।
यो सँगै समूह जी बाट ब्राजिल समूह विजेता तथा स्विट्जरल्यान्ड उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका छन् । अब अन्तिम १६ ब्राजिलले दक्षिण कोरिया तथा स्विट्जरल्यान्डले पोर्चुगलको सामना गर्नेछन् ।



