शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मधेसलाई हराउँदै लुम्बिनी लगातार फाइनलमा

एक्सप्रेस पाना
मंसिर १७, २०७९ शनिबार
  • 217
    SHARES
  • मधेसलाई हराउँदै लुम्बिनी लगातार फाइनलमा

    राजधानीमा जारी यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा साविकको विजेता लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको छ । लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई समूह चरणको अन्तिम खेलमा ५८ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो । 

    images

    टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको २२३ को लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १६४ रनमा अलआउट भयो । 

    मधेशका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । यस्तै नितेष गुप्ता १० र सरफराज अली मन्सुरीले ३१ रन बनाए । 

    images

    लुम्बिनीका लागि अभिषेक गौतम र विशाल बिक्रम केसीले समान ३/३ विकेट लिए । दुर्गेश गुप्ता, तुलबहादुर थापा, नर सार्की र निर्मल गुरुङले समान १/१ विकेट लिए । 

    त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २२२ रन बनाउन सक्यो । 

    लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । उनले १ सय २८ बलमा ९ चौका र २ छक्कासहित ८५ रनमा आउट भए । यस्तै आकाश त्रिपाटीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङ ले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । 

    यस्तै नर सार्की २६ रनमा अविजित रहे । यता मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए ।

    उक्त जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब फाइनलमा आगामी सोमबार लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट