शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : अर्जेन्टिना र नेदरल्याण्डस क्वाटरफाइनलमा

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 265
    SHARES
  • कतार विश्वकप : अर्जेन्टिना र नेदरल्याण्डस क्वाटरफाइनलमा

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र नेदरल्याण्डस क्वाटरफाइनलमा पुगेका छन् ।

    images

    शनिबार राति राउण्ड १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो ।

    अर्जेन्टिनाको जितमा लियोनेल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

    images

    त्यस्तै खेलको ७७औं मिनेटमा अर्जेन्टिनाक इन्जो फेर्नानडेजको आत्मघाती गोलसँगै अस्ट्रेलियाले कमब्याकको अवसर पाए पनि थप गोल हुन नसक्दा अस्ट्रेलिया पराजित भएको थियो । यो हारसँगै अस्ट्रेलियाको विश्वकप यात्रा पनि टुंगिएको छ ।

    उक्त जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने छ । नेदरल्याण्ड्से शनिबार नै भएको खेलमा अमेरिकामाथि ३-१ गोल जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२