काठमाडौं । विश्वकप २०२२ अन्तर्गत आज पनि नकआउट चरणको दुई खेल हुँदैछ ।
जसमा साविको विजेता फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ ।
अल थुमामा स्टेडियममा आज हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् । फ्रान्स समूह डी को विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो ।
यस्तै अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।
आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । इंग्ल्यान्ड समूह बी को विजेता हो भने सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा हो ।
यसअघि हिजो भएको खेलमा अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स र अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिाले अन्तिम ८ मा प्रवेश गरि सकेका छन् ।



