शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 259
    SHARES
  • स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

    काठमाडौं । नामिबियामा जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणत्मक एकदिवसीय श्रंखलाको आफ्नो दोस्रो खेलमा नेपाल पारजित भएको छ । 

    images

    आइतबार यूनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालल दिएको १३८ रनको सामान्य रनको लक्ष्य पाएको स्कटल्याण्ड ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि क्रिस्टोफर एम म्याकब्राइडले सर्वाधिक ४३ रनको योग्दान दिए । 

    यस्तै ब्रान्डन म्याकमुलेन ३२ रनमा अविजित रहे । 

    images

    नेपालका लागि ललित नारायण राजवंशी, सागर ढकाल र गुल्सन झाले समना २/२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीली एक विकेट हात पारे । 

    हारसँगै नेपालले महत्वपूर्ण दुई अङ्क गुमाएको छ ।

    अब नेपाललाई एक दिवसीय बरियता जोगाईराख्न मुस्किल पर्ने देखिन्छ । शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल र नामिबियाले एक एक अंक बाँडेका थिए । अब नेपालले बुधबार आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट