शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 366
    SHARES
  • पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत पोल्याण्डलाई हराउँदै साविको विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

    images

    आइतबार राति भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डमाथि ३-१ गोलको सहज जित निकाल्ने हो । 

    पहिलो हाफमा ओलिभर जिरुडको गोलमा सुरुवाती अग्रता बनाएको फ्रान्सको लागि दोस्रो हाफमा सुपर स्टार फरवार्ड एमबाप्पेले २ गोल गरे । जिरुडले खेलको ४४औं मिनेटमा केलियन एमबाप्पेको पासमा सुन्दर गोल गरेका हुन् । उक्त गोलसँगै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२औं गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।  

    images

    एमबाप्पेले खेलको ७४औं मिनेटमा उसमान डेम्बेलेको पासमा दर्शानिय गोल गरि फ्रान्सको २-० गोलको अग्रता दिलाए । 

    यस्तै उनले इन्जुरी समयको पहिलो मिनेटमै पुनः सुन्दर गोल गरे भने खेलको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीको मौका पायो जसमा कप्तान लेवन्डोस्कीले गोल गरि खेल ३-१ को अबस्थामा ल्याए पनि टोलीको हार टार्न सकेनन् । 

    उक्त जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब आजै राति हुने इंग्ल्यनण्ड र सेनेगल बीचको विजेता सँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२