काठमाडौं । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज सोमबार अन्तिम १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूह ई को विजेता र क्रोएसिया समूह एफ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
यस्तै अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।



