काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको खेलमा सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान सम्पन्नता खेलमा इंग्ल्यान्डले सेनेगललाई ३-० ले हराएको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले १/१ गोल गरे ।
खेलको ३८औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।
उक्त जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको सामना गर्नेछ । आइतबार राति भएको खेलमा पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।



