शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१९ राष्ट्रिय क्रिकेट : अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 214
    SHARES
  • यू-१९ राष्ट्रिय क्रिकेट : अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

    काठमाडौं । सुदूरपश्चिम प्रदेशले काठमाडौंमा सम्पन्न यू१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिाको उपाधि जितेको छ । 

    images

    सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो 

    लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

    images

    सुदूरको लागि दिपक बोहोराले २५ रन बनाए भने अनुराग सिंह २२ रनमा आउट भए । गजेन्द्र बोहोरा ३९ रनमा अविजित रहे । मिलन बोहोराले ६ रन बनाए भने अर्का दिपक बोहोरा शून्य रनमा आउट भए । 

    यता लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट, निर्मल गुरुङ, र अभिषेक गौतमले १/१ विकेट विकेट लिए । 

    यो सँगै सुदूर यस प्रतियोगितामा सबै खेल जित्दै च्याम्पियन बन्यो । उक्त जित सँगै सुदूरले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदला लिएको छ । 

    गत ७ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश -१, मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो ।

    यस्तै विजेता सुदूरले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझायो । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घतक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो ।

    लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    यता सुदूरका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट