काठमाडौं । दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
मंगलबार बहिान स्टेडियम ९४७ भएको अन्तिम १६ अन्तर्गतको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले १/१ गोल गरे ।
खेलको सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।
दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे ।
यस्तै ब्राजिलका लागि २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३-० बनाए । त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथोे गोल गरे । पहिलो हाफमै ४-० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा एक गोल खाएको थियो ।
दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काएका थिए ।
पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै ब्राजिलले सानदार जित निकाल्यो ।
उक्त जितसँगै दक्षिण अमेरिकी टिमले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।
सन् २००२ मा घरमै आयोजना भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछि २००६ मा दक्षिण अफ्रिकामा अन्तिम १६ बाटै बाहिरिएको थियो ।



