काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले घरेलु टोली नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले बलिङ गर्ने भएको हो ।
यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।
यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो ।
यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।



