शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खेलाडी संघद्वारा घरेलु लिग यथासिघ्र सञ्चालन गर्न एन्फाको ध्यानाकर्षण

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 269
    SHARES
  • खेलाडी संघद्वारा घरेलु लिग यथासिघ्र सञ्चालन गर्न एन्फाको ध्यानाकर्षण

    काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले घरेलु फुटबल शीर्ष डिभिजनको ए डिभिजन लिग यथासिघ्र सञ्चालन गर्ने वातावरण बनाउन एन्फाको ध्यानाकर्षण गराएको छ । 

    images

    संघले बुधबार एन्फा मुख्यालयमा पुगेर अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई भेट गरि घरेलु लिग सञ्चालनको वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् । 

    संघले पुस २६ गतेबाट हुने भनिएको लिग सञ्चालनमा क्लब र एन्फाबीच असमझदारी उत्पन्न भएको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै देशको फुटबललाई गम्भिर असर पर्ने विषयको आपसी असमझदारीलाई छलफलबाट सुल्झाउन अनुरोध गरेको छ । 

    images

    खेलाडी संघका अध्यक्ष बिक्रम लामाको नेतृत्वमा एन्फा मुख्यालय पुगेको खेलाडी संघको टोलीले घरेलु  फुटबलको नयाँ सिजन निर्धारित समयमै सुरु गर्न नेतृत्वसँग अनुरोध गरेको हो ।

    suchana.jpg

  • सम्बन्धित विषय:

  • # फुटबल