कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतका क्वाटरफाइनलका खेलहरु आज र भोलि हुने छन् । क्वाटरफाइनलको पहिलो खेल क्रोसिया र ब्राजिलबीच हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि सुरु हुने छ ।
क्रोसिया र ब्राजिलबीच अहिलेसम्म चार पटक खेल भएको छ । जसमा ब्राजिलले ३ खेल जितेको छ भने एक खेल बराबरी भएको छ । दुवैबीच पछिल्लो पटक २०१८ मा मैत्रीपूर्ण खेल भएको थियो, जुन खेल ब्राजिलले २-० ले जितेको थियो । त्यस्तै विश्वकपमा दुवै यसअघि २००६ र २०१४ मा खेलेका छन् । जुन दुवै खेलमा ब्राजिल विजयी भएको थियो । २००६ मा ब्राजिलले १-० ले र २०१४ को विश्वकपमा ३-१ ले पराजित गरेको थियो ।
यस्तै अर्को खेलमा अर्जेन्टिनाले नेदरल्यनण्डको समना गर्नेछ । यो खेल नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुनेछ । अहिले सम्म यी दुई टोलीले ५ पटक खेलेका छन् । जसमा नेदरल्याण्डले २ खेल जितेको छ, भने अर्जेन्टिनाले एक खेल जितेको छ । बाँकी दुई खेल बराबरीमा सकिएको छ ।



