शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी २० लिग २३ डिसेम्बर देखि, नयाँ टिम पनि सार्वजनिक

एक्सप्रेस पाना
मंसिर २३, २०७९ शुक्रबार
  • 295
    SHARES
  • नेपाल टी २० लिग २३ डिसेम्बर देखि, नयाँ टिम पनि सार्वजनिक

    पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल टी २० लिग प्रतियोगिताको मिति फेरि सरेको छ ।

    images

    यसअघि असोज कार्तिकमा आयोजना गर्ने गरि मिति तय भएको थियो ।

    नेपाल टी २० लिग यसअघि चुनावको कारण देखाउँदै पर सारिएको प्रतियोगिता डिसेम्बर ११ तारिखदेखि सुरु गर्ने भनिएको थियो ।

    images

    तर नेपाल क्रिकेट संघ क्यानले बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता डिसेम्बर २३ तारिखदेखि सुरु गर्ने जनाएको छ ।

    यसैगरी नेपाल क्रिकेट संघ क्यानले नयाँ फ्रेन्चाइज टिम पनि सार्वजनिक गरेको छ । यसअघि तय भएको काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिए पछि काठमाडौं नाइट नामको नयाँ टोली सार्वजनिक गरिएको हो ।

    पहिलो संस्करणको नेपाल टी २० लिगमा ६ टिमले सहभागिता जनाउने छन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट