नेदरल्याण्डसलाई हराउँदै अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसका शुरूका दुई पेनाल्टीलाई अर्जेन्टिनाका गोलकिपरले बचाउँदै रोमाञ्चक जित दिलाए ।
निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलिबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट धकेलिएको थियो ।
यसअघि अर्जेन्टिनाका लागि नाहूएल मोलिना र लियोनेल मेसीले एक एक गोल गरेका थिए भने नेदरल्याण्डसका लागि दुवै गोल वोउट वेघोर्स्टले गरेका थिए ।
खेलको ७८औं मिनेटमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका वेघोर्स्टले पहिलो गोल खेलको ८३औं मिनेटमा गरेका थिए भने दोस्रो गोल खेलको १०१औं मिनेटमा गरेका थिए ।
उक्त हारपछि नेदरल्याण्डस विश्वकपबाट बाहिरिएको छ । त्यस्तै अर्जेन्टिनाले अब यस विश्वकपको सेमिफाइनलमा क्रोसियाविरुद्ध खेल्ने छ ।



