शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्याण्ड भिड्दै

एक्सप्रेस पाना
मंसिर २४, २०७९ शनिबार
  • 517
    SHARES
  • पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्याण्ड भिड्दै

    काठमाडौँ । कतारमा जारी फिफा फुटबलको क्वाटरफाइनलमा आज पोर्चुगल र मोरक्को तथा साविको विजेता फ्रान्स र इंग्ल्यण्डबीच भिडन्त हुदै छ ।

    images

    नेपाली समय अनुसार पोर्चुगल र मोरक्कोबीचको खेल राति ८:४५ बजेदेखि हुने छ । भने फ्रान्स र इंग्ल्याण्डको खेल राति १२:४५ बजे हुने । 

    पोर्चुगल र मोरक्कोबीच अहिलेसम्म दुई पटक खेलेका छन् र दुवै भिडन्त विश्वकपमा भएको छ । दुवै देशबीच पहिलो भिडन्त १९८६ को विश्वकपमा भएको थियो, जुन खेल मोरक्कोले ३-१ ले जितेको थियो । यस्तै अर्को खेल २०१८ को रसिया विश्वकपमा भएको थियो । जसमा पोर्चुगल १-० गोलले विजयी भएको थियो । 

    images

    पोर्चुगलको विश्वकप यात्रा
    विश्वकपको समुह एचमा रहेको पोर्चुगलले समुह चरणमा २ जित र एक हार बेहोरेको थियो । पोर्चुगलले पहिलो खेलमा घानालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

    त्यस्तै पोर्चुगल तेस्रो खेलमा दक्षिण कोरियासँग २-१ ले पराजित भएपनि समुह विजेताको रुपमा राउण्ड १६ मा प्रवेश गरको थियो ।

    त्यसपछि राउण्ड १६ मा पोर्चुगलले स्वीजरल्याण्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

    मोरक्कोको विश्वकप यात्रा
    समुह एफमा २ जित र एक बराबरीसहित मोरक्को समुह विजेताको रुपमा राउण्ड १६ मा पुगेको थियो । समुह चरणको पहिलो खेलमा मोरक्कोले क्रोसियासँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा बलियो मानिएको बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै अन्तिम खेलमा मोरक्कोले क्यानाडालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

    त्यस्तै राउण्ड १६ मा मोरक्कोले २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२