पोर्चुगलका मुख्य प्रशिक्षक फेर्नान्डो सान्तोषले क्वाटरफाइनल खेलमा मोरक्कोविरुद्ध पनि कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका छन् ।
आज नेपाली समय अनुसार ८:४५ बजे हुने खेलमा सान्तोषले अघिल्लो स्वीजरल्याण्डविरुद्ध खेलेको प्लेइङ-११ लाई नै निरन्तरता दिएका छन् । रोनाल्डोसँगै म्यानचेस्टर सिटीबाट खेल्ने जोअओं कान्सेलोलाई पनि प्रशिक्षक सान्तोषले बेन्चमा राखेका छन् ।
स्वीजरल्याण्डविरुद्धको खेलमा रोनाल्डो ७३औं मिनेटमा सब्सटिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए भने सो खेल पोर्चुगलले ६-१ ले जितेको थियो । त्यस्तै कान्सेलोलाई भने खेलाएका थिएनन् ।
यस्तो छ पोर्चुगललको प्लेइङ-११
डिअोगो कोस्टा, पेपे, रुवेन डियास, डिअोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअो फेलिक्स, गोन्कालो रामोस



