काठमाडौं । पोर्चुगललाई हराउदै मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
शनिबार राति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मोरक्कोको जितमा पहिलो हाफको ४२औं मिनेटमा योउसेफ एन नेसयिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
खेलको ९३औं मिनेटमा मोरक्कोका वालिद चेडडिराले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि मोरक्को १० खेलाडीमा सिमित भएको थियो ।
उक्त हारसँगै पोर्चुगलको विश्वकप यात्रा टुंगिएको छ भने छैटौं पटक विश्वकप खेलिरहेको मोरक्को विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको छ । अब मोरक्कोले सेमिफाइनलमा ईङल्याण्ड र फ्रान्सबीचको



