काठमाडौं । २८औं काठमाडौं महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा प्रशासकीय अधिकृत-११ विजयी भएको छ ।
सोमबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको मैत्रीपूण खेलमा काठमाडौं महानगर जनप्रतिनिधि-११ लाई महानगर प्रशासकीय अधिकृत-११ ले एक गोलको विरुद्ध ६ गोलले विजयी भएको हो । जसमा जनप्रतिनिधकिो नेतृत्व नगर प्रमुख बालेन शाहाले गरेका थिए । उनि दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर गोल भने गर्न सकेनन् ।
पहिलो हाफमा ३-० गालले अग्रता बनाएको प्रशासकीयको टोलीले दोस्रो हाफमा थप ३ होर्दा १ गोल खाएको थियो ।



