शनिबार, श्रावण ३० गते २०८३
images
images

रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा फर्किए रोनाल्डो

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 267
    SHARES
  • रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा फर्किए रोनाल्डो

    काठमाडौँ । कतार विश्वकप २०२२ बाट बाहिरिएपछि नयाँ क्लबको खोजीमा रहेका क्रिस्टियानो रोनाल्डो यतिबेला प्रशिक्षणमा जुटेका छन् ।

    images

    मिडिया रिपोर्टका अनुसार रोनाल्डोले रियल म्याड्रिडको भलडेबेबासस्थित प्रशिक्षण केन्द्रमा आफ्नो प्रशिक्षण शुरु गरेका हुन् ।

    विश्वकप सुरु हुनु भन्दा अघि नै रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग विवाद हुदा सहमतिमा क्लबसँगको सम्झौता तोडेका थिए । अब रोनाल्डोको नयाँ क्लब बारे टुंगिन बाँकी रहेको बेला रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा आफ्नो अभ्यास शुरु गरेको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । रियल म्याड्रिडसँग राम्रो सम्बन्ध भएकै कारण रोनाल्डोलाई प्रशिक्षणका लागि आफ्नो प्रशिक्षण बेस दिएको बताइएको छ । 

    images

    ३७ बर्षिय रोनाल्डोलाई साउदी अरबको क्लब अल नासरले अफर गरेपनि सो अफरमा रोनाल्डोले स्वीकृति नजनाएको रोनाल्डो आफैले विश्वकपको क्रममा बताएका थिए ।

    पोर्चुगल अप्रत्याशित रुपमा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुदै बाहिरिएपछि रोनाल्डो कुन क्लबबाट खेल्छन भन्ने कौतुहलता बढिरहेका बेला उनले आफ्नो अभ्यास भने शुरु गरेका छन् ।  

    रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाईटेडबाट रियल आएका थिए । तर, उनी २०१८ मा रियल छाडेर युभेन्ट्स गएका थिए भने उनी फेरि २०२१ मा युभेन्ट्स छाडेर युनाईटेड फर्किएका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल