शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 268
    SHARES
  • मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

    काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

    images

    बिहिवार बिहान सम्पन्न भएको दोस्रो सेमिफाइनलको खेलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

    यो सँगै फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

    images

    अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।

    पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराएर अर्जेन्टिना फाइनल प्रवेश गरिसकेको छ ।

    फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थपेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२