काठमाडौं । नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताका लागि जनकपुर रोयल्सले उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यसअघि नेपाली क्रिकेट टिमको प्रशिक्षक भइसकेका पट्वालले भारतीय घरेलु टोलीका साथ अफगानिस्तान र युएईको पनि प्रशिक्षकका रुपमा काम गरेका थिए ।
आसन्न नेपाल टी २० लिगमा जनकपुरले २४ तारिखमा पोखरा एभेन्जर्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी २० लिग विभिन्न कारणले सर्दै आएको छ । जनकपुर रोयल्समा आवद्ध भएका पटवालले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाली क्रिकेटबारे जानकार रहेको बताउँदै नेपाल टी २० लिगमा जनकपुरको राम्रो प्रदर्शन हुने विश्वास पनि व्यक्त गरे । जनकपुर रोयल्समा मार्की खेलाडीको रुपमा सोमपाल कामी रहेका छन् ।
यसैगरी क्याटेगोरी बीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, दिलिप नाथ, ललित राजवंशी रहेका छन् । यसैगरी क्याटेगोरी सीमा सुशन भारी, सागर पुन, पवन शर्राफ, जितेन्द्र मुखिया, खडक बोहोरा र राजेश पुलामी रहेका छन् ।



