काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।
विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो । स्विट्जरल्याण्डविरुद्ध पोर्चुगल ६–१ ले विजयी भए पनि मोरक्कोसँग भने १–० ले पराजित भयो ।
यी दुवै खेलमा रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । पहिलोपटक क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेको थियो ।
पोर्चुगल फुटबल महासंघ उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सम्झौता गरेका थिए । तर उक्त सम्झौता अगाबै उनि बर्खास्तमा परेका हुन् ।



