काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६ वर्षे युवा फरर्वाड प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ । ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रूपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् ।
फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ । इन्ड्रिक अनुबन्ध पाल्मेइरास र मड्रिडले यस विषयमा केहि खुलाएका छन् । तर, इन्ड्रिक अर्को हप्ता मड्रिक भ्रमण गर्नेछन् ।
उनले ब्राजिलको यु १७ टोलीबाट तीन गोल गरेका छन् ।



