शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप फाइनल : पोल्याण्डका रेफ्री मार्सिनीकले खेलाउने

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 381
    SHARES
  • कतार विश्वकप फाइनल : पोल्याण्डका रेफ्री मार्सिनीकले खेलाउने

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबलको आइतबार हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि पोल्याण्डका सिजमोन मार्सिनीकलाई रेफ्रीले खेलाउने भएका छन् ।

    images

    कतारको लुसेल स्टेडियमा नेपाली समय अनुसार राति पौने ९ बजे फाइनल खेल हुँदै छ ।

    पोल्याण्ड अहिलेसम्म विश्वकपको फाइनलनमा नपुगेकाले पनि मार्सिनीक विश्वकपको फाइनलमा नेतृत्व गर्ने पहिलो पोल्याण्डका नागरिक पनि बन्ने छन् ।

    images

    मार्सिनीकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्री रहेका थिए । यसैगरी राउन्ड अफ १६ मा अर्जेन्टिना र अष्ट्रेलियाबीचका खेलमा पनि रेफ्री रहेका थिए ।

    यस्तै उनलाई पावेल सोकोलनिकी र टमसाज लिस्टकिवक्जले सहयोग गर्ने छन् । ४१ वर्षिय मार्सिनीकले युईएफए च्याम्पियन्स लिगमा रेफ्री गरेका छन् भने युरो २०१६ मा यो भूमिकामा रहेका थिए । 

    यस्तै, शनिबार मोरक्को र क्रोएशियाबीचको तेस्रो स्थानका लागि हुने खेलको रेफ्रीमा भने कतारका अब्दुलरहमान अल जसीमलाई नियुक्त गरिएको छ ।

    उनले विश्वकपको समूह चरणमा अमेरिका र वेल्सको खेलमा रेफ्री गरेका थिए । उनले २०१९ मा लिभरपुल र फ्लेमेंगोबीचको फिफा क्लब विश्वकपको फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२