काठमाडौँ । स्पेनका कप्तान तथा डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस फुटबल फेडेरेसनले बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेको हो ।
३४ बर्षिय बस्क्वेटले स्पेन विश्वकप फुटबलबाट बाहिरिएपछि नै अन्तर्राष्ट्रिय फुटबल छोड्ने अनुमान गरिएको थियो ।
२००९ देखि स्पेनको राष्ट्रिय टिमबाट खेलेका बुस्केट्सले १४३ खेल खेल्दै २ गोल समेत गरेका छन् । उनी स्पेनले २०१० को विश्वकप र २०१२ को युरो कप जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । बुस्केट्स २००८ देखि स्पेनिस क्लब बार्सिलोनाबाट खेलिरहेका छन् । उनले यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने अनुमान गरिएको छ ।



